मुनाफा रित्तिएपछि तेल किन्नै नसक्ने अवस्थामा नेपाल आयल निगम

पुष मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा

नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिएको र तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । निगमले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य अनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको हो । सञ्चित मुनाफा शून्यमा पुगेकाका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको विज्ञप्तिमा उल्ल्ेख छ । पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको र माघ एक जनावरी १६ तारिखमा निगमलाइृ भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको भनाई छ । हालसम्मको तेल खरिदको भूक्तानीका लागि निगमले सञ्चित मुनाफा, मूल्य स्थीकरण कोषमा पठाईने रकम र कर्मचारी बोनस तथा सुविधाबाट आईओसीलाई रकम तिरेको समेत बताएको छ ।

leave a reply

Techie