एप्पल बन्यो बजार भाउ तीस खर्ब डलरभन्दा धैरै हुने पहिलो कम्पनी

एप्पलको मूल्य ठूला अर्थतन्त्र भएका छ वटा देशको जीडीपी भन्दा धेरै

प्रविधि कम्पनी एप्पल तीस खर्ब डलरभन्दा बढी मूल्यवान हुने पहिलो अमेरिकी कम्पनी बनेको छ । एप्पलले आफ्नो अभूतपूर्व शेयर मूल्य वृद्धिलाई निरन्तरता दिँदा चार वर्षभन्दा कम अवधिमा मूल्यमा तीन गुणा बढाएको हो । कोरोना महामारीका विचमा पनि एप्पल आफ्नो सफलतालाई कायमै राख्न सफल भएको हो । एप्पल २०१८ अगष्टमा विश्वकोे दश खर्ब डलर कम्पनी बनेको थियो । २०२० मा एप्पलले वीस खर्ब डलरको तह पार गरेको थियो । एप्पल अव बोइङ, कोका–कोला, डिज्नी, एक्सन–मोबिल, म्याकडोनाल्ड्स, नेटफ्लिक्स र वालमार्टको संयुक्त मूल्य भन्दा बढी मूल्यवान बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । एप्पलको बजार मूल्य विश्वका प्रमुख दश ठूला अर्थतन्त्र भएका मुलुक मध्ये छ देशको कूल ग्राह्रस्थ उत्पादन भन्दा धरै छ । जसमा बेलायत, भरत, प्रान्स, इटली, क्यानडा र दक्षिण कोरिया रहेका छन् । कोरोना संक्रमणकाबीच अघिल्लो त्रैमासिकमा एप्पल २० दशमलब शुन्य छ बिलियन नाफा कमाउन सफल भएको तथ्यांक सार्वजनिक गरेको छ ।

leave a reply

Techie