पाँच दलीय गठबन्धनले मुलुक अप्ठेरोमा पारे: ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकार बनेपछि मुलुकमा जताततै अप्ठ्यारो स्थिति आएको बताएका हुन् । उनले वर्तमान सरकार गठन भएपछि बिकास योजना अवरुद्ध भएको, बैंकहरु रित्तिएको र राज्यको ढुकुटीमा समस्या आएको आरोप समेत लगाए ।
अध्यक्ष ओलीले मुलुकमा एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको लहर ल्याएकाले नियोजित ढंगले सरकारबाट हटाइएको गुनासोसमेत गरे । उनले माओवादी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन झुटको पुस्तक भएको टिप्पणी गरे ।
अध्यक्ष ओलीले आफुलाई वामपन्थी नभएर रामपन्थी भनेको प्रति नेकपाबाट छुट्टिएका केहि व्यक्तिले माक्सवाद नै नबुझेको आरोप लगाए ।।

leave a reply

Techie