प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि ‘मिस वर्ल्ड’ स्थगित

विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस वल्र्ड’ स्थगित भएको छ । प्रतियोगितामा सहभागी प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि फाइनल स्पर्धा स्थगित गरिएको हो । अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना गरिएको प्रतियोगिता स्वास्थ्य विज्ञहरूको सल्लाहमा अन्तिम समयमा आएर स्थगित गरिएको हो । कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने आयोजकले जनाएको छ ।।

leave a reply

Techie