नेपालमा एमसिसी छिटो पारित गर्न एमसिसी सञ्चालक समितिको आग्रह

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई प्रस्तावित एमसिसी सम्झौता छिटो पारित गर्न आग्रह गरेको छ । गत मंगलबार अमेरिकाको राजधानी वासिङटन डिसीमा बसेको एमसिसी सञ्चालक समितिको बैठकले एमसिसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न पुनः आग्रह गरेको हो । बुधबार एमसिसीले जारी गरेको विज्ञप्तिमा पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग परियोजनासम्बन्धी सम्झौता चाँडो पारित गर्न सञ्चालक समितिले नेपाल सरकारलाई आग्रह गरेको उल्लेख छ । एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । एमसिसीलाई लिएर नेपालमा लगातार विरोध हुँदै आएको छ । गएको मंगलबार सुरु भएको संसद अधिवेशनबाट एमसिसी पारित गर्ने तयारीमा सरकार रहेको दाबी गरिएको छ । तर दलहरुबीच अझैसम्म एमसिसीलाई लिएर सहमति जुटेको भने छैन ।

leave a reply

Techie