एमाले महाधिवेशनमा माओवादी नेताले भने– कम्युनिष्ट आन्दोलन एकताको दिशामा जानुपर्छ

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकता अनिवार्य आवश्यकता भएको बताएका छन् । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै पोखरेलले कम्युनिष्ट एकताको आवश्यकताले आज विभक्त मनहरु पुनः एकतावद्ध हुने बताएका छन् ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिनिधिका रुपमा एमालेको दशौं महाधिवेशनमा शुभकामना मन्तव्य दिदैं पोखरेलले कम्युनिष्ट आन्दोलन पुनः एकताको दिशामा जानुपर्ने बताए ।

‘हाम्रा आग्रह र संकिर्णताले आज जितेजस्तो देखिएपनि, आज हाम्रो आन्दोलन अल्मलिए जस्तो देखिएपनि आज विभक्त मनहरु पक्कै भोली फर्कनेछन् । एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास जारी राख्नुपर्छ’, पोखरेलले भने ।

‘कम्युनिष्ट आन्दोलन अगाडि बढाउन कम्युनिष्ट एकता र ध्रुवीकरण अनिवार्य छ,’ उनले भनेका छन्, ‘आवश्यकताले हामीलाई त्यो ठाउँमा अवश्य पुर्याउने छ । विचार र कार्यदिशाको एकता त्यसको आधार हो ।’

leave a reply

Techie