महाधिवेशनका कारण भरतपुर क्षेत्रका शिक्षण संस्था बन्द

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनका कारण भरतपुर क्षेत्रको शिक्षण संस्था बन्द भएका छन् । महाधिवेशनका आउने भिडका कारण स्कुल बसहरू सञ्चालन गर्न अप्ठेरो हुने बताउँदै यस क्षेत्रको निजी स्कुल आजका लागि बन्द गरिएको छ । सरकारी विद्यालय खोलिएपनि प्रभावित भएका छन् । अधिकांशले महाधिवेशनका कारण विद्यार्थी आउजाउका लागि समस्या देखिएका कारण स्कुल बन्द गर्ने निर्णय गरेका छन । शुरुमा नौ बजेअघि विद्यार्थी स्कुलमा ल्याउने र पाँच बजेपछि मात्रै छुट्टी दिने तयारी भए पनि अन्तिम अवस्थामा स्कुल बन्द गर्ने निर्णय गरिएको हो । चितवन एमालेले भने विद्यालय बन्दका विषयमा आफुहरुलाई कुनै जानकारी नभएको जनाएको छ ।

leave a reply

Techie