कांग्रेसले ते¥ह जिल्लाको वडा अधिवेशन छठ लगत्तै गर्ने

प्रदेश, जिल्ला अधिवेशन पनि सुचारु गरिने

नेपाली कांग्रेसले छठलगत्तै ते¥ह जिल्लामा बाँकी रहेका वडा अधिवेशन छठ लगत्तै गर्ने भएको छ । कांग्रेसले प्रदेश दुईका आठ जिल्ला र रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा बडा अधिवेशन गर्ने तयारी गरेको हो । छठ लगत्तै सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा सहितका जिल्लामा अधिवेशनको तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । क्रियाशील सदस्यता विवाद टुंग्याउन नसक्दा कांग्रेसको महाधिवेशन कार्यतालिका पटक पटक संसोधन हुँदै आएको छ । कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । २१ हिमाली जिल्लामध्ये १३ वटामा जिल्ला अधिवेशन समेत भैसकेको छ । कांग्रेसले पाँचौपटक कार्यतालिका संसोधन गर्दै केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यसअघि प्रदेश, जिल्लालगायत विभिन्न क्षेत्रका अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । विवाद कायमै रहेमा अधिवेशन अन्त्य नगर्ने तर अव महाधिवेशनको कार्यतालिका संसोधन नगर्ने कांग्रेसको तयारी छ । सभापति शेरबहादुर देउवाले पनि अव कार्यतालिका संसोधन नहुने बताउदै आएका छन् ।

leave a reply

Techie