माडी कुरुक्षेत्र नभएर धार्मिक पर्यटकीय क्षेत्र बन्छ: ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब भगवान रामले माडीलाइ मणि बनाउने बताएका छन् । चितवनको माडीमा स्थापना गरिएको अयोध्याधाममा आयोजित कार्यक्रममा ओलीले भगवान राम धेरै समय पछि आफ्नो जन्मभूमि फर्किएको दावी गरेका हुन । उनले माडी अब कुरुक्षेत्र नभएर धार्मिक पर्यटकीय क्षेत्र बन्ने दावी समेत गरे ।
अघिल्लो निर्वाचनका बेला माओबादी अध्यक्ष सहित माडी पुगेका ओलीले नै माडी मणि बन्ने उदघोष गरेका थिए । उनले माओवादी अध्यक्ष दाहालवाट माडी मणि नबनेकाले अब राम आएपछि बन्ने उल्लेख गरे । अयोध्याधाम स्थापनाका बिषयमा ओली र दाहालविच केहि समयदेखि कटाक्ष चल्दै आएको छ । केहिदिन अघि दाहालले माडी पुगेर चितवनलाइ ओलीले अयोध्याधामका नाममा कुरुक्षेत्र बनाउन लागेको आरोप लगाएका थिए । ओली प्रधानमन्त्री भएका बेला माडी नगरपालिकाको वडा नं ९ अयोध्यापुरीमा अयोध्याधाम स्थापना गरेका थिए ।

leave a reply

Techie