आफ्नो क्यारिकेचर गर्ने भरतमणिसंग भेटे पारस शाहले

कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेलले पूर्व युवराज पारस शाहसँग भेट गरेका छन् । पूर्व युवराज पारसको शाहको क्यारिकेचर गरेर पौडेलले वाहीवाही बटुलेका थिए । उनीहरुबीच काठमाडौंको दरवारमार्ग स्थित शेर्पा मलमा भेट भएको थियो । भेटपछी भरतमणिले आफू पूर्व युवराजको झन ठूलो प्रशंसक भएको बताएका छन । भरतमणिले फेसबुक मार्फत दिएको जानकारी अनुसार भेटमा कमेडी च्याम्पियन सिजन एकका उपविजेता सुमन कार्की पनि रहेका थिए । उनले पूर्वयुवराज शाहसँग भेटघाट गर्ने अवसर मिलेकोमा निकै खुशी व्यक्त गरेका छन् ।।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा भरतमणी पौडेलले पूर्व युवराज पारस शाहको अभिनय गरेका थिए । पारसको गेटअपमा देखिएका भरतमणीको अभिनयलाई दर्शकले खुबै मन पराएका छन् । भेटमा पारसले भरतमणीले आफ्नो क्यारिकेचर गरेको बिषयमा छोटो प्रतिक्रिया दिए । पारसले भरतमणीको प्रस्तुतिमा रमाइलो प्रतिक्रिया दिदै–‘फन्नी फन्नी । दामी थियो’ भनेका थिए ।

leave a reply

Techie