पलसंगको सम्बन्धबारे बोलिन समिक्षा: फ्यान भएको उल्लेख

काठमाडौ । अभिनेता पल शाहसंग आफ्नो सम्बन्धको चर्चा भएसँगै गायिका समीक्षा अधिकारीले ले सामाजिक संजालमार्फत त्यस्को खण्डन गरेकी छिन् । लामो स्टाटस लेख्दै गायिका अधिकारीले पलसँगको प्रेमसम्बन्धी हल्ला कपोलकल्पित भएको बताएकी छिन् ।

समीक्षाले लेखेकी छिन्, ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् । समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन्, जसले मेरो चरित्र हत्या भएको छ । यसका साथै, पलजीको करिअरमाथि आँच आउने किसिमको सस्तो प्रचारबाजी गरिएको छ । यसो नगर्नका लागि म अनुरोध गर्दछु ।’

समीक्षाले यस्ता समाचारले आफूहरुलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्‍याएको पनि उल्लेख गरेकी छिन् । पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको बताउँदै समीक्षाले आफू उनको फ्यान भएको समेत उल्लेख गरेकी छिन् ।

केही दिनयता नेपाली चलत्रिच तथा म्युजिक भिडियो बजारमा मोडल पल शाह र गायिका तथा मोडल समीक्षा अधिकारीबीचको सम्बन्धको चर्चा छ । पल र समीक्षाको सम्बन्धदेखि बिहेका सम्झौतासम्मका चर्चाहरुले सञ्चारमाध्यम भरिन थालेका छन् । यसले, पल र समीक्षाका फ्यानहरुलाई अचम्ममा त पारेको छ ।

leave a reply

Techie