प्रधानमन्त्री देउवा बाढीपहिरोको क्षति निरीक्षणका लागि सुदूरपश्चिममा

  डोटी, बझाङ, बैतडी, डडेलधुरा र कञ्चनपुर पुग्ने कार्यक्रम

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि गृहप्रदेश सुदूरपश्चिम पुगेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि प्रधानमन्त्री देउवा मन्त्री र पूर्वमन्त्रीहरूका साथ सुदुरपश्चिम गएका हुन । प्रधानमन्त्री सहितको टोली डोटी, बझाङ हुँदै बैतडीको ढुंगाड पुग्ने कार्यक्रम छ । त्यस्तै प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी र जोगबुढा हुँदै टोलीले कञ्चनपुरमा बाढीले पु¥याएको क्षतिको पनि जानकारी लिनेछ । प्रधानमन्त्रीको टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर लगायत छन् । बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको निरीक्षण गरेर बेलुकी प्रधानमन्त्री सहितको टोली कैलालीको धनगढीमा नै बस्ने बताइएको छ । मौसम अनुकूल भए शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने तयारी छ । प्रधानमन्त्री देउवा शुक्रबार साँझ मात्रै काठमाडौं फर्कनेछन । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सुदूरपश्चिममा कम्तिमा २८ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन ।

leave a reply

Techie