महाकाली नदीमा फसेका पाँच जनाको उद्धार

कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका थिए । नदीमा फसेका मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुबाट रुखमा चढेको अवस्थामा सकुशल उद्धार गरिएको हो ।

leave a reply

Techie