पर्यटन मन्त्री आलेद्वारा त्रिभुवन विमानस्थलको अनुगमन

यात्रुहरुलाई सहज हुने गरि काम गर्न निर्देशन

काठमाडौ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अनुगमन गरेका छन् । आज विहान विमानस्थल पुगेर मन्त्री आलेले बिमानस्थलको संरचना र सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिएका हुन । त्यस्तै उनले बिमानस्थलको रन वे र पार्कीङ क्षेत्रको पनि निरीक्षण गरेका थिए । बिमानस्थलको आगमन र प्रस्थान स्थलको पनि उनले अनुगमन तथा निरीक्षण गरेका छन । अनुगमनका क्रममा मन्त्री आलेले यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापनलाई चूस्तदुरुस्त राख्न निर्देशन दिए । बिमानस्थल पहिलेको भन्दै धेरै नै सुधार भएको भन्दै उनले केहि कमीकमजोरीलाई पनि समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन । विमानस्थको समग्र सुधार र व्यवस्थापनका लागि मन्त्रालयले काम अघि बढाइरहेकोपनि मन्त्री आलेले जानकारी दिए । विमानस्थलका कामका विषयमा नागरिक उडडयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देबेन्द्र केसीले मन्त्री आलेलाई विमानस्थलमा रहेका समस्या र भैरहेका कामबारे अवगत गराएका थिए ।

leave a reply

Techie