ओली दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी हुन्: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको प्रचण्डले बताएका छन्। विचारको हिसाबले ओली मार्क्सवादी र कम्युनिष्ट नभएको आरोप लगाएका छन् ।विहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई ‘सामन्ती हिन्दू अतिवादी’ को संज्ञा दिएका हुन् ।

‘मेरो निर्वाचन क्षेत्रमा गएर राम, सीता, हनुमान राखिदिएका छन् । अब म राम, सिता, हनुमानसँग लड्न त जाने कुरा त आएन । अनि यो कम्युनिष्टले यस्तो काम गर्छ त र?’ दाहाल’ले भने ।
कार्यक्रममा दाहालले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको प्रचण्डले तर्क गरे।माओवादी युद्धका बेला प्रतिक्रियावादीहरूले आफूहरूलाई घेरा हाल्ने र सखाप पार्ने रणनीति बनाएजस्तै पछिल्लो समय ओलीले त्यस्तै कोशिश गरे प्रचण्डले बताए।

leave a reply

Techie