एकीकृत समाजवादीको महासचिव डा. बेदुराम भुसाल बन्ने निश्चित, नेतृ रामकुमारी झाँक्रीलाई सचिवमा प्रस्ताव

नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव रहने गरी पदाधिकारी प्रस्ताव गरिएको हो । उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई, प्रमेश हमाल, केशवलाल श्रेष्ठ र घनेन्द्र बस्नेत चयन भएका छन् । त्यस्तै, महासचिवमा डा. बेदुराम भुसाल, उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र राजेन्द्र राईको नाम टुंगो लागेको छ । नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि तेस्रो वरियतामा मुकुन्द न्यौपाने रहनेछन् । नेपाल र खनालपछि न्यौपानेलाई राख्ने सहमति जुटेको हो । त्यस्तै, पार्टीको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् । आजको बैठकले पोलिटव्युरो गठन, केन्द्रीय कमिटी विस्तार र कार्यविभाजन पनि टुंग्याउने नेताहरुले बताएका छन् ।

leave a reply

Techie