१० दिन खोप वितरण गर्ने सरकारको योजना

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ४४ लाख कोरोना विरुद्धको खोप आइसकेको भन्दै अब १० दिन खोप वितरण गर्ने सरकारको योजना रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि राज्यमन्त्री श्रेष्ठले खोप लगाउन छुटेका विभिन्न क्षेत्रका १८ वर्ष माथिका उमेर समुहलाई खोपको व्यवस्था गर्न लागिएको बताए । सरकारले अव १० दिन खोप वितरण गर्ने र १८ वर्ष माथिका छुटेका विभिन्न समुहलाई खोप दिने व्यवस्था गर्न लागेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।
राज्यमन्त्री श्रेष्ठले उत्तरी भेगका १३ वटा जिल्लामा पूर्ण रुपमा खोप लगाउने व्यवस्था गर्न लागेको पनि जानकारी गराए ।

leave a reply

Techie