पीएल सिंहले स्वीकारेनन् ‘सुप्रशिद्ध प्रवल जनसेवाश्री’ पदवी

काठमाडौ । काठमाडौका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरेको ‘सुप्रशिद्ध प्रवल जनसेवाश्री’ पदवी अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएलगत्तै पूर्वमन्त्रीसमेत रहेका सिंहले आफुले बर्तमान संविधानलाई स्वीकार नगरेको अवस्थामा संविधानअन्तर्गत दिइएको यो विभूषण मलाई स्वीकार्य नहुने बताएका छन् । यसैगरी चार सञ्चारकर्मीले पनि सरकारको पदक अस्वीकार गरेका छन् । डिजिटल पत्रिका इकागज डट कमका प्रधानसम्पादक हरिबहादुर थापा, नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, नेपाल समय डट कमका प्रधानसम्पादक नारायण अमृत र व्यंग्यचित्रकार रविन सायमीले सरकारको सिफारिशमा राष्ट्रपतिले दिने पदक अस्वीकार गरेका हुन् ।

leave a reply

Techie