नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

दशरथ रंगशालामा दर्शकहरुले पनि प्रवेश पाउने

नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई चिरपरिचित प्रतिस्पर्धीबीच अपरान्ह साढे पाँच बजे खेल सुरु हुनेछ । बलियो टिम भारतविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा छ । पछिल्लो पटक भारतसँग २०१७ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल दुई शुन्यले पराजित भएको थियो । नेपालसँगका १९ खेलमा १३ मा भारतले जित निकालेको छ । दुईमा नेपालले जितेको छ भने चार खेल बराबरीमा टुंगिएका छन । फिफा बरियतामा भारत १ सय सय पाँच र नेपाल १ सय ६८ औं स्थानमा छन । माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन । दोस्रो खेल आइतबार हुनेछ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका छ ।

leave a reply

Techie