कोरोना संक्रमणका कारण वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापाकाे निधन

काठमाडौं – वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को ६४ बर्षको उमेरमा निधन भएको छ ।

आज विहान उनको पाटन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । कोरोना संक्रमित भएपछि थापा दुई साताअघि अस्पताल भर्ना भएका थिए । उनले थुप्रै चलचित्रमा र दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । उनले मह जोडीले निर्माण गरेको ‘मदन बहादुर हरिबहादुर’ मा पनि उनले अभिनय गरेका थिए । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् ।

थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

leave a reply

Techie