ओली समूहले नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय

काठमाडौं – एमालेको अध्यक्ष ओली समूहले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

पार्टी स‌सदीय दलको बैठकले पदमुक्त गर्ने निर्णय गरेको छ । संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

यी हुन् कारवाहीमा पर्ने सांसदहरू

१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण
१३. सरला यादव
१४. कलिला खातुन

leave a reply

Techie