काबुलस्थित दूतावासको सुरक्षामा खटिएका नेपालीलाई अमेरिकाले स्वदेश फर्काउने

काबुलमा पन्ध्र सय नेपाली उद्दार गर्नुपर्ने अवस्थामा

अफगानिस्तानको राजधानी काबुलमा कार्यरत नेपालीलाई अमेरिकाले स्वदेश फर्काउने भएको छ । विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि आफ्नो दूतावासमा कार्यरत नेपालीलाई उसले फिर्ता गर्ने भएको हो । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले सुरक्षा दिइरहेका छन । उनीहरूलाई अमेरिकाले कुनै पनि बेला नेपाल पठाउन सकिने जानकारी गराएको छ । फिर्ता हुने दिन भने नतोकिएको त्यहा कार्यरत नेपालीहरुले बताएका छन । तालिवानले काबुल कब्जा गर्ने देखिएपछि अमेरिकाले कुटनीतिक नियोगका सबैलाई स्वदेश फर्काउन तीन हजार अमेरिकी सैनिक खटाएको छ । यसअघि नै अमेरिकी सेनाका लागि काम गर्ने फ्लोर कम्पनीले आफूसँग भएका १ सय ५० जना नेपाली कामदारलाई स्वदेश फर्काइसकेको छ । उद्धार गरेर दुवइ पुगेका केही नेपाल फर्किसकेका छन भने केही टिकटको प्रतिक्षामा रहेका छन । विमानस्थल र दूतावासहरूको सुरक्षामा खटिएका नेपालीलाई सुरक्षा खतरा परेमा सम्बन्धित दूतावासले नै तत्काल उद्धार गर्ने सूचना दिएको बताइएको छ । अफगानिस्तानमा नेपालीहरू अमेरिकी दूतावास, युरोपेली संघ, राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा कार्यरत छन । परराष्ट्र मन्त्रालयले काबुलमा एक सयको जनाको हाराहारीमा नेपालीहरू मात्र रहेको जनाएको छ । अफगानिस्तान समेत हेर्दै आएको दिल्लीस्थित दूतावासले भने १ हजार पाँच सयको हाराहारीमा नेपालीहरू त्यहाँ रहेको जानकारी दिएको छ ।पछिल्लो पाँच वर्षमा ६ हजार ६ सय जनाभन्दा बढीले अफगानिस्तानमा काम गर्न श्रमस्वीकृति लिएका छन् । ती मध्ये करिब ४ हजार जनाको अझै करार अवधी बाँकी देखिएको छ । तर करार अवधि सकिएका कतिपय नेपालीहरू गैर कानुनी रूपमा पनि बसेको हुनसक्ने अनुमान गरिएको छ ।

leave a reply

Techie