३४८१ जना कोरोना संक्रमित थपिए, थप ३० जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ३४८१ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा गरिएको परीक्षण मध्य पीसीआरबाट १० हजार ९०७ जनामा गर्दा २६१६ र एन्टिजेनबाट ५७४९ जनामा गर्दा ८६५ जना सहित ३४८१ जनामा संक्रमण पुष्टि भएको हो ।काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित थपिएसँग देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसन, ३ हजार २२० जना संस्थागत आइसोलेसन, ७९६ जना सघन उपचार कक्ष र १८४ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप १८८५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।

leave a reply

Techie