अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिक पक्राउ

दाङ : अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

गढवागाउ पालिका १ जुरौली देउखुरीबाट भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई सादा पोशाकको प्रहरी टोलीले आइतबार बेलुकी करिब ५ बजे पक्राउ गरेको हो ।

उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिएका छन् । प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

leave a reply

Techie