नियुक्ति सच्याउनुपर्ने देउवाको अडानले सपथ कार्यक्रममा ढिलाई

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । देउवाले नियुक्ती प्रति आपत्ती जनाउदै शपथ नलिने अडान लिएका छन् । जसका कारण ६ वजेका लागि तोकिएको सपथ लिने कार्यक्रम अझै हुन सकेको छैन् । आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् । देउवाले विज्ञप्ति सच्याउने अडान राखेका छन् ।

leave a reply

Techie