सर्वोच्चको फैसलाको समीक्षा भविष्यले गर्ने: ओली

आफ्नो पालामा देशले समृद्धिमा फड्को मारेको जिकिर

 काठमाडौ । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले गरेका फैसलालाई लिएर कडा असन्तुष्टि जनाएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दामा सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाएका हुन् । उनले संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले आफूले सर्वोच्चको फैसला पालना गर्ने बताए । ओलीले सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको भन्दै त्यसको समीक्षा भविष्यमा हुने बताए ।
प्रधानमन्त्री ओलीले जनमत हुँदाहुँदै पनि अदालतको परमादेशका कारण आफू सरकारबाट बाहिरिनु परेको बताए । ओलीले संविधानको धारा ७६ को उपधारा ५ मा दलीय ह्वीप नलाग्ने भनेर सर्वोच्चले संविधान नै संशोधन गरेको आरोप समेत लगाए ।
प्रधानमन्त्री ओलीले फैसलाले जनादेशका लागि जनतामा जाने व्यवस्थालाई निरंकुश र कानुनको अपव्याख्या गरी दलीय प्रणालीको आधारभूत संरचना नै भत्काएर मुलुकलाई गलत दिशातिर धकेलेको बताए । उनले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दाबी गरे । उनले आफ्नो पालामा देशले समृद्धिमा फड्को मारेको जिकिर समेत गरे ।

leave a reply

Techie