बाढीले घर बगाउँदा दुई जनाको मृत्यु

म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा मालिका गाउँपालिका–६ रातोढुङ्गाका बजिन रोका र श्रीमती बिना रोकाको भृत्यु भएको हो । बाढीले बगाएर बेपत्ता उनीहरुको शव स्थानीय र प्रहरीको टोलीले फेला पारेको थियो । खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङ खहरेका अन्य घरहरुमा पनि क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दरबाङकाको प्रहरी टोलीले घटनास्थल पुगेर क्षतिको बिबरण संकलन, बेपत्ताको खोजी र जोखिमका घरधुरी ब्यवस्थापनमा गरिरहेको छ ।

leave a reply

Techie