एमाले कार्यदलको बैठक चलिरहदा प्रचण्ड पुगे माधव नेपाल निवासमा

काठमाडौ । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सुरु भएको छ ।सिंहदरबारमा केहीबेरअघि सुरु भएको बैठकमा पार्टी विवादका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको समयसीमा सकिएपछि कार्यदल ब्युँतिएको थियो। आइतबार अध्यक्ष ओली र नेता भीम रावल बीचको भेटवार्तापछि कार्यदल ब्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने विषयमा छलफल भएपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो ।

पार्टी भित्रको​ विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष ओली र नेता माधवकुमार नेपालले गठन गरेको कार्यदलले आज सहमतिको महत्वपूर्ण निर्णय गर्नसक्ने तयारी गरेको छ।

गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो । यहीँ बीचमा नेताहरूमाथि कारवाही प्रकृया सुरु भएपछि कार्यदल निश्कृय भएको थियो ।

यता कार्यदलको बैठक सिंहदरबारमा चलिरहदा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् ।

जनकपुरबाट काठमाडौं फर्किएका प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । एमाले विवाद कायमै रहँदा नेता नेपालसहित विपक्षी गठबन्धन बनेको छ ।

leave a reply

Techie