नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी आवागमन सुचारु

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी आवागमन सुचारु भएको छ । सो सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । पहिरो बिहान २ बजे तिर खसेको हो । अहिले पहिरो पन्छाउने कार्य भैरहको छ ।

लेदो सहितको पहिरोले दर्जन बढी स्थानमा क्षति पुर्याएको छ । सबैभन्दा बढी पाँचकिलोमा पहिराले क्षति पुर्याएको र डोजर मार्फत बाटो खुलाउने कार्य भैरहेको छ ।

leave a reply

Techie