राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट सुरु हुँदै

औपचारिकता र बाध्यतामै सिमित हुने संभावना

काठमाडौ । राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाएका हुन् । मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकता र बाध्यतामै सिमित हुने संभावना छ । अघिल्लो पटक संसद विघटन गर्दा बेलाईएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै सिमित भएको थियो । आजबाट हुने आठौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । अधिवेशनको सवै तयारी पूरा भएको र अधिवेशनमा विधेयकका साथै समितिका प्रतिवेदन तथा संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने सचिवालयले जनाएको छ । राष्ट्रिय सभामा हाल १९ वटा विधेयक रहेका छन् । कोरोना संक्रमणको अवस्थालाई ध्यान दिएर बैठकमा सहभागी हुने सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार संकलनका लागि जाने पत्रकारहरुको एन्टिजेन परिक्षण गरिएको छ ।

leave a reply

Techie