माधव प्रचण्डका पुच्छर हुन्, यस्तालाइ प्रधानमन्त्री प्रस्ताव गर्न बहुला कुकुरले टोकेको छ र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । सोमबार मदन भण्डारीको ७० जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्नका लागि आफूलाई बहुला कुकुरले नटोकेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल, प्रचण्डको पुच्छर भएको टिप्पणी गरेका हुन् । यसअघि आफूले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् भनेको स्मरण गर्दै उनले भने, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ‘ मलाई बहुला कुकुरले टोकेको छ र ?

उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’ओलीले अगाडि थपे, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् ।
उनले अहिले नेता नेपालले आफ्नो महत्व बढाइरहेको आरोप लगाए।

leave a reply

Techie