उपत्यकामा केही खुकुलो गरेर जेठ ३१ सम्म निषेधाज्ञा थप

हेर्नुहोस् : के गर्न पाइने के गर्न नपाइने

काठमाडौ । उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुले जेठ ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार र बुधबार बसेको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

बैठकले जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ। तर, किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने छ। फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्।काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् ।

विकास निर्माण कार्यका हकमा सिमित कामदार राखेर काम गर्न दिने निर्णय गरेको तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ।  बैठकले यातायातमा पुरानै नियम यथावत् राखेको छ । निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

यसअघि जारी गरिएको कडा खालको निषेधाज्ञा बिहीबार राति १२ बजेसम्म लागू हुन्छ। त्यसपछि नयाँ नियम कार्यान्वयनमा आउने छ।

 

leave a reply

Techie