कोरोनाविरुद्धको खोप लगाएकाहरूलाई दोस्रो डोज आजदेखि दिँदै

काठमाडौ । सरकारले कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाहरूलाई दोस्रो डोज आजदेखि दिँदैछ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो । पहिलो चरणमा चार लाख २९ हजार ७ सय पाँच जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट सेवाग्राहीले आजदेखि देखि ११ गतेसम्म खोप लिन पाउनेछन् । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको बताइएको छ । सबै जिल्लाबाट दिइने खोपका लागि स्थानीय तहले आवश्यकता अनुसार खोप केन्द्र थपघट गर्नसक्ने जनाईएको छ ।

leave a reply

Techie