बाँकेको भेरी अस्पतालमा तीन कोरोना संक्रमितको मृत्यु

भैरहवा मेडिकल कलेजमा पनि एक संक्रमितको ज्यान गयो

काठमाडौ । नेपालगञ्जको भेरी अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी कोरोना विशेष अस्पतालका अनुसार गएराति बाँके, बर्दिया र दैलेख जिल्लाका एक–एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया राजापुर नगरपालिका–१ का ७३ वर्षीय पुरुष, बाँके बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया र दैलेखको नारायण नगरपालिका–१ का ६८ वर्षीया महिला रहेकी छन् । बर्दियाका ७३ वर्षीय पुरुषको साँझ सात बजे मृत्यु भएको हो । उनी वैशाख २ गते अस्पताल भर्ना भएका थिए । त्यसैगरी, ७ बजेर ४० मिनेटमा बाँकेकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई बैशाख १ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । दैलेखकी ६८ वर्षीया महिलाको राती ९.३० बजे मृत्यु भएको हो । चैत्र ३० गते अस्पताल ल्याइएकी उनको ३१ गते पोजिटिभ रिपोर्ट आएको थियो । त्यस्तै, भैरहवा मेडिकल कलेज रुपन्देहीमा पनि एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–५ की ६५ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।।

leave a reply

Techie