आन्तरिक र खुला प्रक्रियाबाट हुने कर्मचारीको बढुवामा विभेद

काठमाडौ । लोकसेवा आयोगले आन्तरिक र खुला प्रक्रियाबाट हुने कर्मचारीको बढुवामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष उमेश मैनालीले निजामति सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई विशेष छुट दिइएको बताए । उमेर सेवामा रहेका कर्मचारीलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर राखेर विभेद गरिएको उनको भनाई थियो । उनले संघीय संसदमा विचाराधिन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको समेत जानकारी गराए ।
लोकसेवा आयोग भोलीबाट पदाधिकारी विहिन हुने भएको छ । २०७१ चैत्र ११ गते नियुक्त सबै पदाधिकारीको चैत्र ११ बाट पदावधि सकिदैछ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहिन हुँदा तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परिक्षाहरु रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिने अवस्था आएको समेत बताए ।
निजामति प्रशासनको सम्पूर्ण काम रोकिने हुँदा सरकारले समयमै पदाधिकारी नियुक्ति गर्न उनले सुझाव दिएका छन ।।

leave a reply

Techie