फागुनभित्रै सक्ने योजना सहित चारकिलो पहिरो रोकथाम कार्य शुरु

मुग्लिन । नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो रोकथामको काम भइरहेको छ । गत फागुन २३ गतेदेखि दुवै तर्फ सवारी आवगमन रोकेर चारकिलोमा पहिरो रोकथामको काम शुरु गरिएको हो । पहिरो रोकaथामको लागि पहिलो चरण अन्तरगत ट्रिमिङ्गको काम भइरहेको छ । र यो फागुनभित्रै सक्ने योजना रहेको निर्माण कम्पनीले जनाएको छ ।

ट्रिमिङ्गको काम जोखिम भएको हुँदा सवारी आवगमन रोकिएको कम्पनीको भनाइ छ । मुग्लिन तर्फबाट गएका सवारी साधनलाई मुग्लिन बजारमा र नारायणगढ तर्फबाट आएका सवारी साधनलाई जलविरेमा रोकिएको छ । निर्माणको काम सम्पनन्न नहुँदासम्म बैकल्पिक सडकमार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

leave a reply

Techie