राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते अपराह्न ४ बजे संसद अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २३ गते बैठक बोलाउने विषयमा छलफल गरेको थियो । तर सोमबार विहान बसेको मन्त्रिपरिषद बैठकले औपचारिक पत्र पठाएपछि राष्ट्रपति भण्डारीले बैठक आह्वान गरेकी हुन् ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल शुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते प्रतिनिधि सभा विघठन गरेका थिए ।

तर सर्वोच्च अदालतले त्यसलाई बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश गरेको थियो । सोही आदेश अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान गरेकी हुन् ।

leave a reply

छुटाउनुभयो कि?

१९ फाल्गुन २०७७, बुधबार १३:५२ १९ फाल्गुन २०७७, बुधबार १३:५२

काठमाडौ । दाहाल-नेपाल…

१४ जेष्ठ २०७७, बुधबार १२:५३ १४ जेष्ठ २०७७, बुधबार १२:५३

काठमाडौं : आजपनि…

३ कार्तिक २०७७, सोमबार १६:२४ ३ कार्तिक २०७७, सोमबार १६:२४

काठमाडौं : नेपालमा…

Techie