नागरिक अगुवा तथा स्थानीयहरुद्धारा महानगरपालिका घेराउ

काठमाडौ । विकासको नाममा नागरिकलाई सडक छाप बनाउने काम भएको भन्दै नागरिक समाजका अगुवा तथा स्थानीय र अभियन्ताहरुले काठमाडौँ महानगरपालिका घेराउ गरेका छन् । विकासको नाममा आफूहरुको उठिबास गर्न खोजिएको आरोप लगाउँदै उनीहरुले महानगर घेराउ गरेका हुन् । बालाजु सडक विस्तारका नाममा आदीबासीलाई सुकुम्बासी बनाउन नपाइने आन्दोलनकारीको माग छ ।
बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्न उनीहरुको माग छ । त्यसक्रममा उपस्थित प्रदर्शनकारीहरुले ’कंक्रिटको भूत’ भगाउने भन्दै धुप बालेका थिए । त्यस्तै सडक बिस्तारका क्रममा पक्राउ परेकालाई रिहाइ गर्नुपर्ने उनीहरुको भनाई छ ।

leave a reply

Techie