मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस भएको छ । मुख्यमन्त्री राई पक्षले बहिष्कार गरेपछि ढिलो गरी सुरु भएको प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तावक सांसद इन्द्रबहादुर आङ्बोले पेस गरेका हुन् । पार्टी विरोधी गतिविधि गरेको लगायतका आरोप लगाउँदै गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । सोही प्रस्ताव आइतबार प्रदेश सभामा पेस गर्दै प्रस्तावक सांसद आङ्बोले मुख्यमन्त्रीले प्रधानमन्त्रीको कदमलाई अग्रगामी भनेका कारण आफूहरुले अविश्वासको प्रस्ताव पेस गरेको बताए । उनले प्रदेश सभामा आएर अविश्वासको प्रस्ताव ‘फेस’ गर्न मुख्यमन्त्री राईलाई आग्रह समेत गरे । प्रदेश सभाको अर्को बैठक फागुन २० गते बिहीबार दिनको १ बजेसम्मका लागि बोलाइएको छ ।

leave a reply

Techie