“प्रतिनिधि सभा पुनर्वहाली हुने सम्भावना बढ्यो”

 

निजगढः नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा पुनर्बहाली हुने सम्भावना बढेको बताएका छन । बाराको निजगढमा बिहीबार सञ्चारकर्मी र पार्टी कार्यकर्ताहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा पुनर्बहाली हुने सम्भावना रहेको बताएका हुन । अध्यक्ष दाहालले देशभरीको जनमत संसद पुर्नवहालीकोे पक्षमा रहेको र अदालतको सहयोगी ‘एमिकस क्युरी’ ले समेत संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएकाले पुनर्बहाली हुने देखिएको उनको भनाइ छ । निर्वाचन आयोगले पनि आफुहरुलाई नै नेकपाको आधिकारिकता दिने अध्यक्ष दाहालले बताए ।

सर्वोच्च अदालत र निर्वाचन आयोगले अपेक्षा विपरित फैसला भएमा मुलुकमा थप संकट आउने अध्यक्ष दाहालको भनाइ छ । त्यस्तो अवस्थामा देशमा चुनाव हुन नसक्ने उनको भनाई थियो ।

दुर्घटनाबाट निधन भएका नेकपा केन्द्रीय कमिटी सदस्य डाचाराम वाग्लेको शोक सभामा सहभागी हुने क्रममा उनी सिमरा विमानस्थल पुगेका हुन् ।

leave a reply

Techie