झाँक्री पक्राउको बिरोधमा नेताहरुको प्रतिक्रिया: रिहाइको माग सहित ओली सरकारको आलोचना

काठमाडौ । सरकारको निर्देशनमा प्रहरीले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । पक्राउको बिरोध दाहाल– नेपाल समूहका नेता जनार्दन शर्मा प्रभाकारले प्रतिक्रिया जनाएका छन् । उनले झाँक्रीलाई पक्राउ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई मुठभेडमा लगी आफ्नो निहीत स्वार्थ पूरा गर्ने षड्यन्त्र रचेको आरोप लगाएका छन् ।

त्यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पक्राउको विरोध गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका छन् । पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ । हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होइन। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु । साथै उनलाई विना शर्त रिहा गर्न समेत माग गर्दछु ।’

अर्का कांग्रेस नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेहरुलाई सरकारले झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् ।सामाजिक सन्जालमा सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भन्दै उनले सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् । उनले लेखेका छन्, उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’

अर्का नेता डा. शेखर कोइरालाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाले सरकार जति रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने पनि ठोकुवा गरेका छन् । कोइरालाले झाँक्री पक्राउको भत्र्सना गर्दै तत्काल रिहाइको माग समेत गरेका छन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्। परिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताए। ‘पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो। हामीले नपक्रन जोड गरेका थियौं। आज बिहान प्रहरी आएर उहाँलाई जबरजस्ती पक्राउ गरेर लिएका छन्। कमरेड रामकुमारी झाँक्री त छुट्नु होला तर यसबाट उनीहरूले के गर्न लागेका छन् भन्ने देखिन्छ।’  प्रचण्डले बताए।

झाँक्रीलाई राज्यविरुद्धको कसुरमा नेपाल प्रहरीको अपराध महाशाखाले शंखमुलस्थित निवासबाटै पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले झाँक्रीलाई बिहिबार दिउँसो उनकै निवासट पक्राउ गरेको छ । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भन्दै जरुरी पक्राउ पूर्जी थमाएको छ ।

leave a reply

छुटाउनुभयो कि?

१९ फाल्गुन २०७७, बुधबार १५:०३ १९ फाल्गुन २०७७, बुधबार १५:०३

काठमाडौ । नेकपा…

१ भाद्र २०७७, सोमबार ०७:२१ १ भाद्र २०७७, सोमबार ०७:२१

काठमाडौं : झण्डै…

२९ माघ २०७७, बिहीबार १२:५३ २९ माघ २०७७, बिहीबार १२:५३

काठमाडौं : नेकपाको…

Techie