सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले रोक्न सक्दैन: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन । शुक्रबार काठमाडौं महानगरपालिका चौध खड्का गाँउमा खानेपानी परियोजनाको उदघाटन गर्दै उनले सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकिर गरेका हुन । प्रधानमन्त्रीलाई केही गर्न नदिएपछि मरता क्या नही कर्ता भनेर निर्वाचन घोषणा गरेकाले अव जनताले नै फैसला गर्ने मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रष्ठले विगतमा गुम्सिएर बसेको भएपनि पुस पाँच गतेपछि नेकपा चलायमान भएको समेत बताए । बैशाख १७ र २७ गते हुने निर्वाचनले मुलुकलाई थप विकासको गतिमा लैजाने उनको जिकिर छ ।

leave a reply

Techie