दाहाल-नेपाल सिङ फुक्लेको तिल्के गोरु : ओली

काठमाडौ ।प्रधानमन्त्री केपी ओलीले संविधानसम्वत ढंगले नै आफूले प्रतिनिधिसभा बिघटन गरेको जिकिर गरेका छन् । दाङमा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले विघटनको बचाउ गरेका हुन । दाहाल र नेपाल जनताले धुलो चटाउने डरले निर्वाचनमा जान डराएको उनको दावी छ ।
निर्वाचन आयोगमा गएर निर्वाचन रोक भनेहरु लोकतन्त्रवादी हुन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । निर्वाचन आयोगले पार्टी विभाजनलाई अस्वीकार गरेकोमा समेत उनले दाहाल नेपाल पक्षलाई व्यङ्ग्य गरेका छन । बैठकमा नआएर चोक चौतारामा बसेर अध्यक्ष बन्नेहरुको पद निर्वाचन आयोगले खतम पारिदिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले अदालतले प्रतिनिधिसभा पुनःस्थापना नभए शान्ति प्रक्रिया डिरेल हुने भनी दाहालले दिएको अभिव्यक्तिलाई ‘सिङ फुक्लिसकेको तिल्के गोरुको फाँ फू’ जस्तै भनेका छन् । ओलीले तिल्के गोरुको कथा सुनाएर अशान्ति मच्याउने यो समूहसँग क्षमता नभएको र अब जुध्न नसक्ने बताएका छन् ।

‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने । भुइँ खोस्रिने, हुक्का गर्ने । अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने’, ओलीले थपे, ‘एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो । तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा । तर, जुध्न सकेन ।’

दाहाल-नेपालप्रति लक्षित गर्दै ओलीले यी तिल्केहरु पनि त्यस्तै हुन्, फाँफुँ गर्दै गर्छन्, फुक्लिएको सिङ लिएर हिड्दै गर्छन् तर, सिंङ फुक्लिसकेकाले अशान्ति मच्याउने यिनीहरुसंग दम र क्षमता नभएको बताए  ।

साथै ओलीले जनता सचेत भइसकेकाले अब कसैले नटेर्ने भन्दै धाकधक्कु , तिघ्रा नठटाउन र खुट्टा भ्याटभ्याट नगर्न दाहाल-नेपाल पक्षलाई चेतावनी पनि दिएका छन् ।

निर्वाचन आयोगले नेकपा आधिकारितासम्बन्धी आइतबार गरेको निर्णयलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले पार्टी नटुक्रिएको बताए ।

leave a reply

छुटाउनुभयो कि?

२५ जेष्ठ २०७७, आईतवार १६:२४ २५ जेष्ठ २०७७, आईतवार १६:२४

काठमाडौं : नेपालमा…

१७ चैत्र २०७७, मंगलवार ०८:०१ १७ चैत्र २०७७, मंगलवार ०८:०१

काठमाडौं : जल तथा…

२० आश्विन २०७७, मंगलवार १६:२३ २० आश्विन २०७७, मंगलवार १६:२३

काठमाडौं : नेपालमा…

Techie