यातायात मजदुरको पीडा…( भिडियो रिर्पोट)

काठमाडौं:  सार्वजनिक सवारीमा यात्रुहरुले सास्ती पाएको खबर दिनहुँ जस्तो आउने गर्दछन । तर हजारौं यात्रुलाई गन्तब्यमा पु-याउने चालक र सहचालकहरु पनि समस्या रहित छैनन ।

सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुलाई सधै यात्रुहरुले गुनासो गरेपनि उनीहरु आफै समस्या रहित छैनन । दिनहुँको आम्दानीवाट गुजारा चलाउनुपर्ने मजदुरहरु दिनहुँ जस्तो यात्रुहरुले दिने झन्झट र सास्तीवाट आजित हुनुपरेको बताउछन । जथाभावी बोल्ने, रोक्न नमिल्ने ठाँउमा रोक्न लगाएर झगडा गर्ने जस्ता समस्या समेत दिनहुँ जस्तो सवारी चालकले व्यर्होदै आएका छन ।

यात्रुहरुले भाडामा किचकिच गर्ने समस्या पनि दिनहुँ जस्तो हुने गर्दछ । सरकारले तोकेको भाडा नतिर्ने र त्यही निहुँमा विवाद हुँदा दिनहुँ जस्तो विवाद समेत हुने गरेको छ ।

भाडाका सवारी साधनमा सुरक्षाकर्मीहरुले भाडा नतिर्ने समस्या पनि अर्को रहेको छ । ट्याक्सीदेखि भाडाका बससम्म चढने अधिकांश सुरक्षाकर्मीले प्राय बस भाडा नदिने गरेको चालक र सहचालकको गुनासो छ ।

सार्वजनिक यातायातमा विद्यार्थीहरुले सबैभन्दा बढी विवाद गर्ने गरेको यातायात मजदुरको गुनासो छ । ट्राफिक प्रहरीले दिने सास्तीले त यातायात मजदुर सबैभन्दा बढी मारमा छन । दिनहुँजस्तो नयाँ नयाँ नियम लागू गरेर प्रहरीले सताउने गरेको चालकहरुको अनुभव छ । यात्रु चढाउन र झार्न नदिएर रित्तै गुडाउनुपर्ने जस्तो व्यवहार प्रहरीले गर्ने उनीहरुको गुनासो छ ।

यात्रुहरुले भने बढी भाडा लिने, क्षमताभन्दा बढीलाई चढाउने जथाभावी प्रतिस्पर्धा गर्ने गुनासो यातायात मजदुरमाथि गर्ने गरेका छन ।

ट्राफिक नियम पालना नगर्ने र ट्राफिकलाई गाली गर्ने आरोप पनि बर्षौदेखि लाग्दै आएको छ । नेपालको यातायात क्षेत्रमा करिब २१ लाख रोजगार रहेका छन । तथ्यांक विभागका अनुसार २ करोड ९३ लाख जनसंख्यामध्ये यातायात क्षेत्रबाट मात्र ७ प्रतिशत रोजगार छन् । यातायात क्षेत्रमा करिब १० खर्ब रुपैयाँ लगानी छ ।
https://youtu.be/VxyrvYACRJM

leave a reply

Techie