दाहाल नेपाल पक्षको जनप्रदर्शनको तयारी पूरा

काठमाडौ । विभाजित नेकपाको दाहाल नेपाल पक्षले भोली काठमाडौंमा गर्ने जनप्रदर्शनको तयारी पूरा भएको जनाएको छ । प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनमा रहेको समूहले शिर्ष नेता सहितको उपस्थितीमा जनप्रदर्शन गर्न लागेको हो । प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाल समेत सहभागी हुनेछन । शक्ति प्रदर्शनको तयारीका क्रममा कार्यकर्ताका लागि दाहाल नेपाल समूहले सात बूँदे निर्देशिका समेत जारी गरिएको हो । उपत्यकाका दश ठाँउवाट जुलुस निकालेर रत्नपार्कवाट मुल जुलुस प्रदर्शन गर्ने तयारी छ । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसवाट स्थायी समिति सदस्यको नेतृत्वमा जुलुस निस्कने भएको छ । रत्नपार्कवाट सुरु हुने मुख्य जुलुस बागबजार पुतलीसडक, भद्रकाली रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ । सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा विघटन पछि दाहाल नेपाल समूहले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।

leave a reply

Techie