श्रम बजारलाई व्यवस्थित बनाउन महासंघले अध्ययन गर्ने

काठमाडौ । नेपालको श्रम बजारलाई व्यवस्थित बनाउन नेपाल उद्योग बाणिज्य संघले सुदुरपश्चिममा काम सुरु गरेको छ । ब्रिटिस काउन्सिलको सहयोगमा महासंघले श्रम बजार व्यवस्थित बनाउने परियोजना कार्यान्वयनका लागि कैलालीमा छलफल गरेको हो । साझेदार संस्थासँगको हस्ताक्षर कार्यक्रममा धनगढी उपमहानगर प्रमुख नृपबहादुर बडले स्थानिय श्रम बजारलाई अध्ययन गर्न परियोजना प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
परियोजनाले श्रम बजारका सूचनाहरुलाई व्यवस्थित बनाउने उद्देश्य राखेको छ । व्यवसायिक वर्गिकरण स्तरको विकास, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा तथा सीपयुक्त जनशक्तिको विकासपनि परियोजनाले सहयोग गर्ने बताइएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुमित केडिय, निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय, सुदुरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष चेतराज भट्ट लगायतले श्रम बजारलाई व्यवस्थित गर्न दक्ष जनशक्ती उत्पादन गर्न कार्यक्रम उपलब्धिमुलक हुने विश्वास व्यक्त गरे ।

leave a reply

Techie