लेटाङ नगरपालिकाद्वारा विपन्न परिवारलाई कम्बल वितरण

मोरङ : मोरङको लेटाङ नगरपालिकाले विपन्नसँग मेयर कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई कम्बल वितरण थालेको छ । नगरप्रमुख शंकर राईले बडा नम्बर चारका चालिस विपन्न परिवारलाई कम्बल वितरण गरेका कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रम अन्तर्गत पाँच सय विपन्न परिवारलाई कम्बल वितरण गरिने नगरले जनाएको छ । नगरप्रमुख राईले नगरले एक्लै केही गर्न नसक्ने भएकाले सामूदायिक वनको सहकार्यमा अति विपन्न परिवारलाई सुत्ने खाट ,न्यानो लुगा र सुत्केरी आमालाई पोषणयुक्त खानाको समेत ब्यवस्था गर्ने बताए ।

चार नम्बर बडाध्यक्ष सन्तोष कार्की, प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहाल सीमित स्रोत र साधन भएपनि नगरबासीका समस्या समाधानका लागि प्रयत्न जारी राख्ने बताए ।

leave a reply

Techie