राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका ह्वाटमोर नियुक्त

काठमाडौ । अष्ट्रेलियन डेभ ह्वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक नियुक्त भएका छन । उनी विश्व क्रिकेटका हाइ प्रोफाइल प्रशिक्षक हुन । उनको नेतृत्वमा श्रीलंका सन १९९६ मा विध्व कप क्रिकेटको उपाधि जितेको थियो । जनवरी एक तारिखदेखि लागु हुने गरी आगामी एक वर्षको लागि उनलाई नियुक्त गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । पारिश्रमिकको विषयमा भने केहि दिनपछि मात्र जानकारी गराउने महासचिव अशोक नाथ प्याकुरेलले बताए । ६६ वर्षिय देव ह्वाटमोर श्रीलंकामा जन्मिएका अष्ट्रेलियन नागरिक हुन । श्रीलंकालाई १९९६ मा विश्व कप जिताएला थिए । उनी नेपाल आउने अहिलेसम्मकै हाइ प्रोफाइल प्रशिक्षक पनि हुन । पछिल्लो पटक भने उनी सिंगापुरका प्रशिक्षक थिए । यसअघि उनी टेष्ट मान्यताप्राप्त राष्ट्र बङ्गलादेश, पाकिस्तान र जिम्बाब्वेको पनि प्रशिक्षक रहेका थिए । नेपालमा क्रिकेटका प्रतिभाशाली खेलाडी रहेको र यीनै खेलाडीसँग नयाँ च्यालेन्ज लिन उत्साही भएको बताएका छन । नेपालको क्रिकेटको जग राख्ने काम श्रीलंकन प्रशिक्षक रपय डायसलर गरेका थिए भने अर्का श्रीलंकन प्रशिक्षक पुबुदु दासानायकेले डिभिजन टु र विश्वकपसम्म पुर्याउदै सफलता दिलाएका थिए । अहिले नेपाल ओडिआई राष्ट्र हो । हाई प्रोफाइल प्रशिक्षककोसाथले नयाँ उचाइ लिने विश्वास गरिएको छ । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले देव ह्वामोरवाट धेरै कुरा सिक्न सकिने र नेपाली टोलीको खेल माथि जाने विश्वास व्यक्त गरेका छन । नेपाली टिमका पुव कप्तान तथा महिला टिमका प्रशिक्षक बिनोद दास टिम म्यानेजर नियुक्त भएका छन । यसैगरी क्यानले रौनक बहादुर मल्ल क्यानको जनरल मेनेजर र रमेशकुमार न्यौपाने चिफ फाइनान्स अफिसर नियुक्त गरेको छ ।

leave a reply

Techie