देशब्यापी रुपमा हुने सरकार विरोधी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरु पनि सहभागी हुने

काठमाडौं:  सोमवार देशब्यापी रुपमा हुने सरकार विरोधी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरु पनि सहभागी हुने भएका छन् । २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि कांग्रेसले नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा हेटौंडा र बरिष्ठ नेता पौडेल काठमाडौँको प्रदर्शनमा सहभागी हुने भएका छन । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमको नेतृत्व गर्ने कांग्रेसले जनाएको छ । सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा पुग्दा नेता चित्रलेखा यादव सप्तरीको कार्यक्रममा सहभागी हुने भएकी छन् । नेता पौडेलमाथि तनहुँमा भएको दुव्र्यवहारको विरोधमा कांग्रेसले देशैभर विरोध प्रदर्शन गर्न लागेको हो । नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको आरोप पनि कांग्रेसले लगाइरहेको छ ।

leave a reply

Techie