झार्लाङको तातोपानी प्रचार प्रसारको अभावले ओझेलमा !

धादिङ जिल्लाको खनियाबास गाउपालिका २ झार्लाङमा रहेको तातोपानी प्रचार प्रसारको अभावले ओझेलमा परेको छ । धादिङमा उत्तरीभेगमा रहेको तातोपानीको प्रचार प्रसार गर्न सके जिल्लाकै पर्यटकिय गन्तब्य स्थल बन्न सक्ने छ ।

धादिङबेशी बाट तीन घण्टा बसमा यात्रा गरेपछि खनियाबास गाउपालिकाको डुन्डुरे नजिकै तातोपानी पुग्न सकिन्छ । तर प्रचार प्रसारको अभावमा यो स्थान अझै पनि पर्यटकिय गन्तब्य बन्न सकेको छैन । जिल्ला कै् ऐतिहासिक स्थल मध्ये झार्लाङको तातोपानीको संरक्षण र संवद्र्धनका लागि स्थानिय तह बाट पहल कदमी लिनुपर्ने देखिन्छ ।

रमणिय ठाउमा मात्र नभएर तातोपानी गएर नुहाउदा ढाड दुख्ने लगायत विभिन्न रोग निको हुने बिश्वास स्थानीयमा रहेको छ । जनप्रतिनिधिहरु तातोपानी क्षेत्रको बिकास आवस्यक रहेको यसका लागी सदैब लागी रहने बताउछन ।

आफु आएपछि पालिका भित्रको पर्यटकिय स्थलहरुको खोजीगर्ने क्रममा तातोपानी आईपुगेको र तातोपानी प्रचार प्रसार गर्नुको साथै संरक्षण र बिकासको लागी अघि बढने खनियाबास गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण नेपाली बताउछन ।

सडकको सुबिधा र तातोपानी क्षेत्रमा तारबार गरी प्रचार प्रसारमा ध्यान दिए धादिङ जिल्ला कै उत्कृष्ट पर्यटकिय स्थल बन्ने देखिन्छ ।

leave a reply

Techie